१४ कार्तिक २०८३, शनिबार

पर्सामा स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, १ वैशाख । वीरगञ्ज महानगरपालिका–६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित सोही महानगरपालिका–३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको हो ।

उनी उपर ल्याई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।