१४ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा पनि बस्ने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ चैत । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदको बैठक अबदेखि सिंहदरबारमा पनि बस्ने र पत्रकारले छायांकन गर्न पाउने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पुनर्निर्माण भएसँगै उनले यस्तो बताएका हुन् ।

वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको मन्त्रिपरिषदको कार्यालय पुनर्निर्माणको क्रममा रहेकाले मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ गते सिंहदरबारको कार्यालय उद्घाटन गरिसकेका छन् । त्यस्तै, उनले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सिंहदरबारबाटै वैशाख १ गते देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।