
काठमाडौँ, ३१ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ५१७ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।यससँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ जना रहेको छ ।
२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा २३ लाख २१ हजार ६ सय ७० जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया