शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आफूबाट भएका गल्तीलाई सबैले स्वीकार गरौँः योगेश भट्टराई

दैनिक नेपाल २०७७ चैत ३० गते २२:२९


काठमाडौँ, ३० चैत । नेकपा एमालेका नेता योगेश भट्टराईले आफूबाट भएका गल्ती सबैले स्वीकार गर्नुपर्ने बताएका छन् ।

सोमबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ’आफूबाट भएका गल्तीलाई सबैले दिलबाट स्वीकार गरौं । पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔं । ’

आउने निर्वाचनमा एमालेको बहुमत दिलाउन सबैले कसम खानु पर्ने भन्दै उनले पार्टीभित्रको विवाद समाधानका लागि पार्टीलाई विधिसम्मत चलाउन सबै तयार हुनुपर्ने समेत बताएका छन् ।

यस्तो छ उनको स्टाटसः

“पहिला २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरौं । त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गरौं । बैठकमा खुला खुलस्त छलफल गरौं । षड्यन्त्र र छलछाम कसैले कसैमाथि नगरौं । आफूबाट भएका गल्तीलाई सबैले दीलबाट स्वीकार गरौं । पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्ने सबै तयार होऔं । महाधिवेशन र सबै तहका अधिवेशन आयोजना गरौं, स्वस्थ र पारदर्शी ढंगले लोकतान्त्रिक अभ्यास गरौं र परिणाम सबैले स्वीकार गरौ । आउने निर्वाचनमा नेकपा एमालेको बहुमत ल्याउन सबैले कसम खाउँ । जमिनमा टेकौं र जनतातर्फ फर्काैं । यसैमा छ सबैको भलो”

प्रतिक्रिया
सम्बन्धित