१४ कार्तिक २०८३, शनिबार

मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, ३० चैत । हेटौँडा उपमहानगरपालिका–९ सान्तीचोक बस्ने ३५ वर्षीय समिर पाख्रीङ र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रीङको सोमबार विहान करेन्ट लागेर मृत्यु भएको छ ।

घरमा मिटर बक्समा जोडिएको विजुलीको तारलाई फलामको डण्डीले उठाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।