२९ आश्विन २०८३, बिहिबार

विदेशमा ६६ हजार १९ हजार नेपालीमा कोरोना, ९५ प्रतिशत बढि निको

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २९ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली संक्रमित भएका छन् ।

तीमध्ये ६३ हजार ४ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९५ दशमलव ५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरसका कारण अफ्रिका, युरोप, एसिया, अष्ट्रेलिया, अमेरिका लगायतमा रहेका २३ देशमा ३ सय ४९ जना नेपालीको कोरोनाका कारणले नेपालीहरुको निधन भएको छ ।

यो साता कोराना भाइरसको कारणले विदेशमा निधन हुने नेपालीको शून्य रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिए ।

शनिबार साँझसम्म स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा शनिवार साँझसम्म २ लाख ७९ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएकामध्ये ९७ दशमलव ९ प्रतिशत अर्थात २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य समितिले पछिल्लो समय संक्रमणदर बढ्दै गएको भन्दै भौतिक दुरी कायम राख्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

विशेषतः भारत लगायतका यूरोपेली मुलुकसहित नेपालमा पनि नयाँ स्वरुपको कोरोना भाइरस देखा परेकोले सावधानी नअपनाए पुनः भयावह अवस्था आउन सक्ने भन्दै समितिका संयोजक सापकोटाले स्वास्थ्य मापदण्ड अपनाउनु नै उत्तम विकल्प भएको बताए ।

कोरोना विरुद्धको खोप अझै सहज रुपमा उपलब्ध नभएको र अझै बहुसंख्यक मानिस खोपको पहुँचमा नरहेको भन्दै डा सापकोटाले मास्क लगाउने, हात धुने, दुरी कायम गर्ने र विगतको अनुभवबाट सिकेर सावधान रहनुपर्नेमा जोड दिए ।