शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

चोरलाई मोबाइल मन परेन

दैनिक नेपाल २०७७ चैत २६ गते ६:३०

फाइल तस्वीर

नयाँदिल्ली । भारतमा ट्वीटर प्रयोगकर्ता देबायान रोयले अचम्मको कुरा पोस्ट गरेका छन् ।

पोस्टमा दिएको जानकारी अनुसार उनी भारतको नोएडा सेक्टर ५२ मेट्रो स्टेशन नजिकै आफ्नो फोनमा च्याट गरिरहेका थिए । त्यतिबेला कालो मास्क लगाएका एक व्यक्ति उनको फोन खोसेर भागे ।

यसै कारण उनी केही बेरका लागि के गर्ने के नगर्ने भए । केही बेरपछि जब उनलाई सेन्स आयो तब उनी चोरको पछाडि भागे । तर त्यसपछि जे भयो, त्यो उनले पत्याउनै सकेनन् ।

जब उनी चोरको पछाडि दौडिरहेका थिए तब चोर भाग्नुको साटो पछाडि फर्किएर उनी भएठाउँ नै दौडिएर आए । देबायनको अगाडि आएर उनले भने, ‘मलाई लाग्यो वान प्लस ९ प्रो मोडल हो ।’ यति भनेर उनले फोन भुइँमा राखे र त्यसपछि पुनः भागे ।

देबायनले आफ्नो फोन सामसङ ग्यालेक्सी एसटेन प्लस भएको बताए । यसमाथि थुप्रै ट्वीटर प्रयोगकर्ताले कमेन्ट गर्न थाले । कोही यो घटनाले चकित भए भने कतिले सामसङको खिल्ली उडाउन थाले । कतिले चोरलाई पनि राम्रो फोन के हो भनेर थाहा भएको भनेर रमाइलो गर्न थाले ।

प्रतिक्रिया
सम्बन्धित