शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

दैनिक नेपाल २०७७ चैत २६ गते ५:४४

काठमाडौं, २६ चैत । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ ।

बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिमा कारोबारमा आएका उपसमूमध्ये टे«डिङ, हाइड्रो पावर, निर्जीवन बिमा कम्पनी, उत्पादनमूलक क्षेत्र, अन्य जीवन बिमा कम्पनी र लगानी क्षेत्रको कारोबार घटेको छ भने अन्य क्षेत्रको कारोबार बढेको छ । बुधबार २१५ कम्पनीले ७६ हजार कारोबार गरेका छन् ।

कारोबार गर्ने गुमाउनेमा रैराङ हाइड्रोपावरको ७.२६ प्रतिशतले, युनाइटेड इदिमर्दी हाइड्रोपावरको ६.०६ प्रतिशतले मूल्य घटेको छ । मंगलबार नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ६७४ दशमलव ४६ बिन्दुमा पुगेको थियो । बुधबार भने नेप्से परिसूचक २ हजार ६७१ दशमलव ६१ बिन्दुमा झरेर बन्द भएको हो ।

मंगलबार १५ दशमलव ७२ अंक बढेर बन्द भएको बजार २ हजार ६९४ दशमलव ५४ बिन्दुदेखि खुला भएको थियो । यो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलव ८५ अंक अर्थात् शून्य दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ । नेप्से परिसूचकमा सामान्य करेक्सन आएको यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ६२ अंक बढेर ४७६ दशमलव ८० बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि कम भएको छ । मंगलबार ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार बराबरको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । यस बैंकको २७ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको सेयरमूल्य भने २ दशमलव ३१ प्रतिशत घटेको छ । प्रतिकित्ता १३ ले घटेर कम्पनीको अन्तिम मूल्य ५९२ कायम भएको हो । यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य न्यूनतम ५९१ देखि अधिकतम ६१२ सम्म पुगेको थियो ।

बुधबार होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने व्यापारिक समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव शून्य २ प्रतिशतले बढेको हो भने व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९४ प्रतिशतले घटेको हो । यो दिन व्यापारिक समूहसँगै जलविद्युत् समूहको १ दशमलव २४ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव ४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४ प्रतिशत, अन्यको शून्य दशमलव ८९ प्रतिशत, जीवन बिमाको शून्य दशमलव ६२ प्रतिशत र लगानी समूहको १ दशमलव ६६ प्रतिशत परिसूचक घटेको छ ।

होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढ्दा लघुवित्तको २ दशमलव १६ प्रतिशत, विकास बैंकको १ दशमलव ५ प्रतिशत, बैंकिङको शून्य दशमलव २९ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ । सामान्य करेक्सन भएको बुधबारको बजारमा पाँचवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

महिला लघुवित्तको सर्वाधिक ९ दशमलव ९९ प्रतिशत, चन्द्रागिरि हिल्सको ९ दशमलव ९८ प्रतिशत, एनआईसी एसिया लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, रिलायन्स फाइनान्सको ९ दशमलव ८४ प्रतिशत र युनिभर्सल पावरको ९ दशमलव ७० प्रतिशत मूल्यवृद्धि भएको हो । राजधानी दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित