शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बन्ला त अब नयाँ सरकार ?

दैनिक नेपाल २०७७ चैत २५ गते ७:४८

काठमाडाैं, २५ चैत । नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्‍त्री केपी ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेपछि ‘शून्य’ मा अड्किएको राजनीति थोरै तरंगित त भयो तर त्यसले अहिलेसम्म कुनै आकार लिन सकेको छैन। संसद् पुनर्स्थापना भएपछि मौन बसेर रमिता हेरिरहेकको कांग्रेसको निर्णयपछि राजनीति मुभ हुने आसा विस्तारै क्षीण हुँदैछ।

प्रधानमन्‍त्री ओलीको विकल्प खोज्‍ने विपक्षी प्रयास त्यति प्रभावकारी देखिएन र सत्ता सम्वाद पनि तातेको छैन। आन्तरिक दबाबमा कांग्रेस सभापति शेरबहादुर देउवा ओलीको राजीनामा माग्‍ने औपचारिक निर्णय गर्न तयार भए पनि नयाँ समीकरण बनाउन उनी अझै तयार र उत्सुक देखिएका छैनन्। ओलीलाई हटाउने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विश्‍वसनीय वातावरण अझै नबनेको निष्कर्षमा देउवा छन्।

कांग्रेसको निर्णयपछि वैकल्पिक सरकारका लागि विपक्षीबीच खासै ठोस् सम्वाद भएको छैन। संसदको नयाँ अंकगणितमा निर्णायक खेलाडीका रुपमा रहेको जनता समाजवादी पार्टी(जसपा)ले अहिलेसम्म कुनै संस्थागत निर्णय गरेको छैन। दुवै पक्षले जसपालाई आफूतिर तान्‍ने कोसिस गरिरहेका छन् र फकाउने प्रयास भइरहेको छ। कांग्रेससँगको सम्वाद झारा टार्ने खालको छ तर बालुवाटारसँग छलफल भने अलि हार्दिक र गहिरो हुँदै गएको छ।

सत्ता साझेदारीका लागि बालुवाटारसँग नजिकिएको जसपा पनि कांग्रेसको निर्णयपछि थोरै ‘ब्याक’ भएको छ। कांग्रेसको झारा टार्ने निर्णय र एमालेभित्रको चरम अन्तरकहललाई विश्लेषण गर्दै जसपा पनि पर्ख र हेरको रणनीतिमा देखिन्छ। तर उसको सहयोग बिना न ओली सुरक्षित हुनेछन् न त वैकल्पिक सरकार बन्‍नेछ। उ कतै नलागेर तटस्थ बसिदियो भने स्वभाविक रुपमा फेरि चुनावमै मुलुक फर्किनुपर्ने अवस्था आउने देखिन्छ।

कांग्रेसले निर्णय गरेको भोलिपल्ट कपिलवस्तुमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार छिटै बन्‍ने र त्यसका लागि काठमाडौंमा घनिभूत रुपमा छलफल चलिरहेको बताएका थिए। यता राजधानीमा आयोजित कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीले राजीनामा नदिए अविश्‍वासको प्रस्ताव छिट्टै ल्याउने घोषणा गरेका थिए। तर न प्रचण्डले भनेजस्तो नयाँ सरकारका लागि सघन सम्वाद र गृहकार्य भएको छ न त पौडेलले भनेजस्तो अविश्‍वासको प्रस्तावको तयारी छ। कांग्रेस नेता पौडेल र महन्थ ठाकुरबीच गत आइतबार भेटवार्ता भए पनि ओली विकल्प खोज्‍ने प्रस्तावमा ठाकुरले ठोस् जवाफ दिएका छैनन्।

सत्ता साझेदारीका लागि बालुवाटारसँग नजिकिएको जसपा पनि कांग्रेसको निर्णयपछि थोरै ‘ब्याक’ भएको छ। कांग्रेसको झारा टार्ने निर्णय र एमालेभित्रको चरम अन्तरकहललाई विश्लेषण गर्दै जसपा पनि पर्ख र हेरको रणनीतिमा देखिन्छ। तर उसको सहयोग बिना न ओली सुरक्षित हुनेछन् न त वैकल्पिक सरकार बन्‍नेछ। उ कतै नलागेर तटस्थ बसिदियो भने स्वभाविक रुपमा फेरि चुनावमै मुलुक फर्किनुपर्ने अवस्था आउने देखिन्छ।
पौडेललगायतका नेताले ओलीसँग नरम भएको र राजीनामा पनि नमागेको, वैकल्पिक सरकार निर्माणमा उदासिन बनेको भन्दै देउवालाई निर्णय लिन निरन्तर दबाब दिएका थिए। त्यही आरोपबाट मुक्त हुन देउवाले आन्तरिक दबाबमै यो निर्णय गराए । राजीनामा माग्‍ने निर्णय गरेको कांग्रेस स्वयम अलमलमा देखिन्छ। देउवा अझै पनि सरकारमा गइहाल्‍ने मुडमा छैनन्। छोटो समयका लागि सरकार गएर समय खेर फाल्‍ने भन्दा जतिसक्दो चाँडो चुनावमा जानुपर्ने पक्षमा उनी देखिन्छन्। जसपाले संस्थागत रुपमा निर्णय नगर्दासम्म आफू मुभ नहुने अडानमा छन् ।

कांग्रेसको निर्णयपछि उत्साहित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि निरास देखिएका छन्। देउवासँग उनको सार्थक सम्वाद हुन सकेको छैन। संसदको अंकगणित अनुकुल नहुँदासम्म समर्थन फिर्ता लिने निर्णय गर्न सकेको छैन। समर्थन फिर्ता लिने निर्णय गर्दा ओलीलाई खेल्‍न थप सजिलो हुने र फेरि विघटनतर्फ जाने खतरा देखिन्छ। यो खतरा रोक्‍नका लागि ओलीलाई समर्थन गरिराख्‍नुपर्न अनौठो बाध्यतामा माओवादी फसेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित