३ कार्तिक २०८३, मंगलबार

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ चैत । अजोड इन्स्योरेन्स लिमिटेडद्वारा चैत २० गतेदेखि २२ गतेसम्म इलाम बजारस्थित कम्पनीको शाखा कार्यालय इलाम मा ३ (तिन) दिन कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपंक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु.प्रबन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको रुपमा कार्य गरे भने सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्र वितरण गरेका थिए ।

उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।