शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाद्वारा ५० लाखको अक्षय कोष बनाउने निर्णय

दैनिक नेपाल २०७७ चैत १६ गते १२:५६

अष्ट्रेलिया । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको राष्ट्रिय समिति बैठकले ५० लाख रुपैयाँ बराबरको अक्षय कोष बनाउने निर्णय गरेको छ ।

नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनहरुमा सहिद, घाइते एवं अपाङ्गता भएका र द्वन्द्वपीडित विपन्न परिवारहरुलाई लक्षित गरी उक्त कोष खडा गरिएको हो । पीडितहरुको रोजगारीका निम्ति विभिन्न विधाहरुमा तालिम उपलब्ध गराउन युवा सशक्तिकरण एवं रोजगार अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले उक्त कोष खडा गरिएको मञ्चले बताएको छ ।

प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको राष्ट्रिय समिति अध्यक्ष रमेश पाण्डेको अध्यक्षता तथा परारष्ट्रमन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त कोष खडा गरेको हो । भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका परराष्ट्रमन्त्री ज्ञवालीले कोषको शुभारम्भ समेत गरेका थिए ।

प्रवासमा रहेर पनि मुलुकका लागि केही योगदान गर्ने उद्देश्यका साथ प्रवासी नेपालीहरुको गतिविधिमा तीव्रता आएको छ ।

उक्त अवसरमा प्रमुख अतिथि ज्ञवालीले नेपालको हरेक क्षेत्रको विकास र प्रगतिको निम्ति प्रवासी नेपालीहरूको साथ र सहयोग रहेको र वर्तमान राजनीतिक अवस्थामा प्रधानमन्त्री केपी ओलीद्वारा चालिएको सकारात्मक कदमको संसारभर रहेका प्रवासी नेपालीहरुले साथ र समर्थन दिएकोमा प्रवासी नेपालीहरु प्रति कृतज्ञता व्यक्त गरे ।

उक्त राष्ट्रिय समितिको बैठकले गत मार्च १४ तारिखका दिन सचिवालय बैठकद्वारा गरिएका सम्पूर्ण निर्णयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय समितिको बैठकमा विभिन्न राज्यका इन्चार्जहरुद्वारा आ–आफ्ना राज्यका प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको गतिविधि बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित