मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

नेपाली रियलस्टेट डेभलोप्मेन्ट फण्ड कर्पोरेसनको प्रथम साधारण सभामा सम्पन्न

दैनिक नेपाल २०७७ चैत १६ गते ९:५९

अमेरिका । नेपाली रियलस्टेट डेभलोप्मेन्ट फण्ड कर्पोरेसनको प्रथम साधारण सभामा सम्पन्न भएको छ ।

कार्यक्रम जुम तथा न्युयोर्कस्थित भोतिकरुपमा उपस्थित भई सम्पन्न भएको थियो । जुममार्फत साधारण सभाको उद्धाटन गर्दै अमेरिकाको लागि नेपाली राजदूत डा.युवराज खतिवडाले नेपालीहरू अमेरिकामा यस्तो सामूहिक लगानीको व्यवसायमा लागेको थाहा पाउँदा खुसी लागेको बताए ।

गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा.अर्जुन वन्जाडेले नेपालीहरू यसरी सामूहिक लगानीमा उत्प्रेरित भई अगाडि बढेकोमा खुसी गरे ।

जनप्रगतिशील मन्चका तर्फवाट नारायण कणेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । तमाङ समाज उत्तर अमेकिकाको अध्यक्ष र रुपान्तरणका अकुर लुइटेलको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित