बुधबार, ८ वैशाख २०७८
DainikNepal.com
बुधबार, ८ वैशाख २०७८

ठकुरीद्वारा रशिदको कीर्तिमान भंग

दैनिक नेपाल २०७७ चैत १० गते ८:०२

विजय थापा

डिसी । अमेरिका डिसी महानगर क्षेत्रमा बस्दै आएका ९ पटक बिश्व कीर्तिमान गरेका करातेका खेलाडी उज्जवल ठकुरीले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमानलाई तोडेका छन् ।

पाकिस्तानका रशिद ३० पटक बिभिन्न विधामा बिश्व कीर्तिमान गर्ने उत्कृष्ट खेलाडी हुन् ।

ठकुरीले हालसालै भारतको ओलम्पिक खेल्ने तेक्वान्दो खेलाडीको बिश्व कीर्तीमानलाई भंग गरेको केही समय मै पुन पाकिस्तानका शीर्ष खेलाडीको कीर्तिमानलाई भंग गर्दै गिनिज विश्व कीर्तिमानमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

रशिद पाकिस्तान एकडेमी अफ मार्शल आर्टका प्रमुख हुन् भने उनले राखेको दुवै विश्व कीर्तिमान ठकुरीले हात पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित