
काठमाडौं, ९ चैत । भक्तपुरस्थित एक रेष्टुरेन्टमा ग्यास लिक भएर आगलागी हुँदा रेष्टुरेन्ट सञ्चालकसहित ६ जना घाइते भएका छन् ।
आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित भीमेश्वर खाजा पसलमा ग्यास सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा रेष्टुरेन्ट सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ का टीका बस्नेत, काठमाडौं कोटेश्वरका राजेन्द्र कार्की र गीता कार्की, झापाका आदित्य सुवेदी, भक्तपुर सूर्यविनायक–५ कटुन्जेका विकास पौडेल र हिमुन्स थापा घाइते भएको प्रहरीले जनाएको छ ।
सञ्चालक बस्नेतसहित केही घाइतेको कीर्तिपुरस्थित पुष्पलाल मेमोरियल अस्पतालमा उपचार भइरहेको र घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया