
रुपन्देही, ९ चैत । रूपन्देहीको तिलोत्तमामा एक युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।
बलात्कार तथा हत्या आरोपमा नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरिया पक्राउ परेका हुन् । उनीमाथि तिलोत्तमा–११ की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको आरोप छ ।
युवतीकी आमाले दिएको जाहेरीका आधारमा कठरियालाई पक्राउ गरी अनुसन्धान थालिएको बताइएको छ ।















प्रतिक्रिया