
काठमाडौँ, ८ चैत । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गल्ती स्वीकार गरे एमालेमा स्वागत गर्ने बताएका छन् ।
उनले पार्टीभित्रको गुटबन्दीलाई निषेध गरिएको बताए ।
‘गल्ती महशुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टी भित्र स्वागत गरिनेछ’ आइतबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘तर गुटगत गतिविधि गर्नेलाई भने ‘नो इन्ट्री’ ।’ उनले गुटबन्दी पार्टी, देश र जनताको लागि घात हुने भएकाले निषेध गरिने बताए ।












प्रतिक्रिया