१३ कार्तिक २०८३, शुक्रबार

हामी सजिलै यहाँसम्म आइपुगेका होइनौँः उपप्रधानमन्त्री पोखरेल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । उपप्रधानमन्त्री तथा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले विश्वभर फैलिरहेका पार्टी सम्वद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्बोधन गरेका छन् ।

बद्लिँदो विकसित राजनीतिक घट्नाक्रमको सन्दर्भमा प्रवासमा रहेका अगुवा नेता÷कार्यकर्ताहरुलाई जानकारी दिन आयोजित भेलालाई सम्बोधन गर्दै उनले बाधा अड्चनलाई पन्छाउँदै उत्साहका साथ पार्टी कामलाई व्यवस्थित गर्ने निर्देशन दिए ।

विगतमा अनेकन वाधा, अड्चन र चुनौती परास्त गर्दै नेपालको कम्युनिष्ट आन्दोलन यहाँ सम्म आइपुगेको सन्दर्भ उल्लेख गर्दै महासचिव पोखरेलले आउने दिनमा पनि चुनौतीहरुलाई परास्त गर्दै अगाडि जाने कुरामा विश्वस्त र उत्साहका साथ अघि बढ्न विश्वभर फैलिएका प्रवास सम्वद्ध पंक्तीलाई आह्वान गरे ।

‘हामी सजिलै यहाँसम्म आइपुगेका होइनौँ, कम्युनिष्ट आन्दोलन भित्र अनेकन घात/प्रतिघात, टुटफुटको श्रृंखला व्यहोर्दै आएका हौँ, ति सबैबाट शिक्षा लिएका पनि छौँ’ महासचिव पोखरेलले भने, ‘बदलिएको सन्दर्भमा अब तपाईहरु सवै उत्साहका साथ विगतका तितामिठा सन्दर्भहरुलाई विर्सेर सवैलाई समेट्दै अगाडि बढ्नुपर्छ ।’

उनले भेलामा पार्टीका पछिल्ला निर्णयबारे अवगत समेत गराउँदै विगतको कतिपय सन्दर्भलाई बिर्सेर ठूलो छाति बनाएर संगठित र एकतावद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्वद्ध सबैलाई आव्हान गरे ।

‘तपाईहरु सबैले प्रभावमा पनि तिक्ततालाई बिर्सेर पार्टीलाई एकतावद्ध बनाउने कुरामा लाग्नुपर्छ’ उनले भने । मञ्च सम्वद्ध अवगत गराएका थिए ।

उनले प्रवासी नेपालीहरुको विज्ञता र उनीहरुले कमाएको सम्पत्तीलाई देश विकासमा कसरी प्रयोग गर्ने सकिन्छ भन्ने सन्दर्भमा योजना लिएर आउन आग्रह गर्दै सरकारले आवश्यक सवै सहयोग गर्ने तत्पर रहेको बताए ।

भेलामा विभिन्न देशका २ सय ६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षता सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च हङ्गकङ्गका अध्यक्ष भक्त गुरुङले स्वागत र वेलायतका अध्यक्ष भक्त गुरुङले सञ्चालन गरेका थिए ।