
काठमाडौँ, ८ चैत । नेपाली सेनाले काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित भिरबाट खसेर ज्यान गुमाएका निरोज रिजालको शव निकालेको छ ।
उनको शुक्रबार बेथानचोक–३ मा भीरबाट लडेर मृत्यु भएको थियो । ‘नाइट स्टे’ मा रिजालको नारायणस्थान मन्दिरको पश्चिमतर्फबाट खसेर मृत्यु भएको थियो । रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेका हुन् ।
२५ वर्षीय रिजाल अप््ठ्यारो ठाउँबाट करिब १ हजार मिटर तल खसेका थिए । सेनाको टोलीले कठिन र चुनौतिपूर्ण ठाउँबाट शव निकालेर प्रहरीलाई बुझाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया