
काठमाडौं, ८ चैत । नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाँचौं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ ।
नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा सम्पन्न सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयाँ बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड–१९ लगायतका विभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बीमा कम्पनीहरूको अवस्था, बीमा व्यबसायमा देखिएका विभिन्न कठिनाइहरुबारे छलफल भएको छ ।
सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण र कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराए । उक्त विवरणहरु सभाले पारित पनि गरेको छ ।
सभामा संस्थाको कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्ष मनोहर दास मुल (लुम्बिनी जनरल इन्स्योरेन्स), कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ (शिखर इन्स्योरेन्स), सदस्य महेन्द्र कृष्ण श्रेष्ठ (हिमालयन जनरल इन्स्योरेन्स), सदस्य पवन अग्रवाल (सिद्धार्थ इन्स्योरेन्स) र स्थायी आमन्त्रित सदस्य बालकृष्ण श्रेष्ठ (प्रिमियर इन्स्योरेन्स) उपस्थित थिए ।
साथै सदस्य कम्पनीहरुबाट रोहित कुमार भट्टराई (अध्यक्ष–नेको इन्स्योरेन्स), हेमराज ढकाल (अध्यक्ष–आईएमई जनरल इन्स्योरेन्स), आजाद श्रेष्ठ (अध्यक्ष–अजोड इन्स्योरेन्स), उमेश चन्द्र उपाध्याय (अध्यक्ष–राष्ट्रिय बीमा कम्पनी), कुनाल कयाल (अध्यक्ष–जनरल इन्स्योरेन्स), प्रेदिद सुब्बा (सञ्चालक–युनाइटेड इन्स्योरेन्स), दिलिप श्रेष्ठ (सञ्चालक–सानिमा जनरल इन्स्योरेन्स), गजेन्द्र लाल श्रेष्ठ (सञ्चालक–सगरमाथा इन्स्योरेन्स), डा. भरत थापा (सञ्चालक–एनएलजी इन्स्योरेन्स), पूर्वमहासचिव रमेश कुमार निरौला र सचिवालयका सचिव देवेन्द्र कोइरालालगायतको पनि सहभागिता सभामा थियो ।















प्रतिक्रिया