
काठमाडौं, ८ चैत । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बाँकेको कोहलपुरमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
कोहलपुरस्थित होटेल म्याक्समा सम्पन्न उक्त तालिममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखको सहभागिता थियो ।
आपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो ।
कम्पनीकी बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त तालिम प्रदान गरेकी थिइन् ।
देशका सात वटै प्रदेशमा उक्त तालिम प्रदान गर्ने कम्पनीले बताएको छ ।















प्रतिक्रिया