
काठमाडौं, ८ चैत । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
गत शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार ८७ हजार २०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आजका लागि तेजाबी सुनको मूल्य ८६ हजार ७५० रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २८० रुपैयाँ सनर्धारण गरिएको छ ।
शुक्रबार १ हजार २७५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले वृद्धि भएको हो ।















प्रतिक्रिया