५ कार्तिक २०८३, बिहिबार

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच सम्झौता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच औषधि व्यवसायीहरुको आवश्यकताअनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरी औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता गरेको छ ।

नबिल बैंकका प्रमुख एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंका अध्यक्ष बद्री प्रसाद क्षेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो ।

सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिति थियो । साझेदारीबारे नबिल बैंकका एसएमई तथा लघुवित्त, प्रमुख निरजकुमार बस्नेत (डनिल)ले नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तीय पहुँचमा वृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न बैंकिङ सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको बताए ।

‘हामीे औषधि व्यवसायीहरु र बैंकको दीगो विकासलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तीय लगानी गर्ने अग्रणी बैंकमध्ये एक हौं,’ उनले भने, ‘हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउने छ ।’

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालय, १८५ वटा एटीएम र १ हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देश्मा रहेका एजेन्टको वृहत् सन्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।