
काठमाडौं, ७ चैत । झलनाथ–माधव समूह छाडेर नेकपा एमालेको मुलधारमा फर्किएका प्रभावशाली सांसद कृष्णभक्त पोखरेलले वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपालले विनाशर्त पार्टीमा फर्किएर केपी ओलीलाई साथ दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेपछि उक्त कदमको विरोध गर्दै तत्कालीन ‘प्रचण्ड–माधव’ समूहमा लागेका उनी आज आयोजित संसदीय दलको बैठकमार्फत संस्थापनमा फिर्ता भएका हुन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले झलनाथ–माधवहरुले पनि विनाशर्त पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।
बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजिएको घटना स्मरण गर्दै पछि सबैले साथ दिएर ५ वर्ष सरकार चलेको उदाहरण बैठकमा उनले दिए । बेलायतको उक्त उदाहरण प्रस्तुत गरेका पोखरेलले झलनाथ–माधवहरु पनि पार्टीमा फर्किएर केपी ओलीलाई साथ दिनुपर्ने आशय व्यक्त गरेका हुन् ।















प्रतिक्रिया