२९ आश्विन २०८३, बिहिबार

माधव नेपालले विधि र विधान मान्नु पर्दैन ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-वि वि श्रेष्ठ

सधैँ आफू अनुकुलका लागि विधि, विधानका कुरा गरेर आफनो भुमिका खोजिरहने माधव कुमार नेपाल सर्वोच्चको फैसलापछि पुर्नगठित नेकपा एमालेको संसदीय दल र केन्द्रिय कमिटीमा अल्पमतमा छन् ।

हिजो एमालेको नवौ महाधिवेशनवाट अध्यक्षमा केपी शर्मा ओली सँग पराजित भएको कुष्ठा माधव कुमार नेपालले यो वीचका अवधिमा राम्रैसँग पोखे ।

चुनावी तालमेल र त्यसपछि पार्टी एकता पछि गठन भएको नेकपामा आफनै अध्यक्ष ओलीलाई कर्नरमा पारेर गरिएको गुटवन्दी छर्लङ्गै रहेको छ ।

पद र शक्तिलाई नै केन्द्रमा राखेर सोच्ने माधव कुमार नेपालको प्रचण्ड सँगको गठजोड पाश्चात सरकार र आफनै अध्यक्ष ओलीलाई हटाउनका लागी गरिएको तिकडमले माधव कुमार नेपालको यथार्थ हैसियत पुष्टि गरेको छ ।

लामो समयसम्म पार्टीको नेतृत्व गरेको माधव कुमार नेपालले एमालेको हैसियत कहाँ पुरयाएका थिए, त्यो धेरै भनिरहन पर्देन । नवौ महाधिवेशनमा केपी ओली सँग पराजित भईसकेपछि पार्टीलाई सहयोग गरेर अगाडी वढ्नुभन्दा भागवण्डा, शक्ति र सत्ताका लागी सरकारलाई चल्नै नदिने सम्मको हत्कण्डाले आम कार्यकर्तालाई मात्र होईन, जनतालाई पनि नैराश्यता तुल्याएको थियो ।

विधि र विधानको खुव वकालत गर्ने माधव नेपाल जव सर्वोच्चले एमालेले व्युताईदियो, त्यहि विधि विधान र लोकतान्त्रिक प्रक्रियाको नाराले माधव नेपाललाई नै खुईल्याईदियो ।

के नेपालले आफैले उठाउदै गरेको विधि र विधान आफैले पालना गर्नु पर्देन ? पार्टीको वहुमतको निर्णय पालना गर्नु पर्देन ?

ओलीको सफलतामा आफनो अपमान सम्झने माधव नेकपामा रहदाँ जसरी पनि टिके अध्यक्ष वन्ने सोचले गरिएको गुटवन्दी आम जनतालाई पनि मन परेको थिएन ।

विधि र विधान अनुसार पार्टीका अध्यक्ष वन्नका लागी महाधिवेशन हुनुपर्दछ, तर जनतावाट समेत तिरस्कृत भएर पनि प्रधानमन्त्री वनेको माधव नेपालको त्यो प्रवृत्ति नेकपा सम्म आईपुग्दा पनि प्रचण्डका साथ लिएर वहुमतका दम्भमा ओली माथी प्रहार गर्नुले माधव नेपालको नियती प्रष्ट हुन्छ ।

लोकतान्त्रिक प्रक्रिया चुनाव मार्फत जितेर आएका ओलीले अवका दिनमा पुन अध्यक्ष र प्रधानमन्त्री नलड्ने सार्वजनिक उद्घोष गरिरहदाँ पनि सत्ता वाहिर वस्न नसक्ने नेपाल जसरी हुन्छ ओलीलाई हटाएर आफै टिके अध्यक्ष वन्ने दाउमा सर्वोच्चले रोक लगाएपछि विक्षिप्त वनेका छन् ।

जसरी पनि आफैमात्र योग्य देख्ने नेपालको नेतृत्व आम कार्यकर्ता र जनताले भोगिसकेपछि पनि अझै आफै हुन खोज्ने प्रवृत्तीले नेपालको पदलोलुपता कति रहेछ भन्ने पुष्टि र्गदछ ।

करिव १५ वर्ष सम्म पार्टीको मुख्य पदमा रहेर काम गरिसकेका माधव नेपालले पार्टीले तेश्रो पार्टी वनाएको थियो । सत्ता र शक्ति वाहिर वस्नै नसक्ने नेपाल सधै आफनै भुमिकामात्र श्रेष्ठता देख्ने भनेको पदलोलुपता शिवाय अन्य होईन ।

नेकपामा रहेर पार्टीको विधानमा नै दुई अध्यक्षले सहमतिमा निर्णय गरेर अगाडी वढ्ने व्यवस्था हुदाँ समेत ओलीलाई कर्नरमा पार्नका लागी संसदीय दल र केन्द्रिय कमिटीमा वहुमतका निर्णय लागु हुने व्यवस्था गरेर ओलीलाई पटक पटक पार्टी अध्यक्ष र साधारण सदस्य वाट समेत निष्कासन गरेका नेपाल अहिले एमालेको पुर्नगठन पछि सवैभन्दा विक्षिप्त वनेका छन् ।

तैपनि उनि ओली र सरकारलाई धावा वोलिरहेका छन्, यसैले पनि नेपालको लोकतन्त्र, विधी, विधानमा कति प्रतिवद्ध छन् भन्ने कुरा पुष्टि हुन्छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रको एकता पछि नेकपा सवैभन्दा ठुलो पार्टी वनेको सत्य हो, यसो भन्दै गर्दा यसको नेतृत्व गरेको ओलीको भुमिकालाई नजरअन्दाज गर्न मिल्दैन । चुनावी नारामा अवको प्रधानमन्त्री केपी ओलीको व्यानर सहित चुनावी माहोलमा गएको हो ।

ओलीले अवको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरौ भन्दा आफै हुनुपर्दछ भन्दै नेपालले पदलोलुपताको चरम महत्वकांक्षा रहेको पुष्टि गरेको छ । ओली आफैले नयाँ पुस्ता भन्दा माधव नेपालले सहमती जनाएको भए नेपालको राजनितीमा यो उथुलपुथुल हुने थिएन ।

नाकावन्दीको समयमा भारतले गरेको ज्यादतीका विरुद्ध उभिएको ओलीको राष्ट्रवादी अडानका कारण पनि नेकपालाई ठुलो दल वनाएको हो । तर त्यो सत्यता स्वीकार्न नसक्ने माधव नेपाल देश र जनताका लागी हैन केपी ओलीको क्रेज घटाउन हात धोएर लागे, त्यसको पटाक्षेप नेपालको नक्सा जारी गर्दा होस वा चीन सँगको पारवहन सम्झौता पछि पटक पटक देखिएको हो ।

सत्यलाई छोप्न सकिदैन । ओलीको क्रेजले आफनो भुमिका खुम्चिएको देख्ने नेपाल वहुमतका नाममा प्रचण्ड सँग मिलेर यो अवधिमा ओलीमाथी अनगिन्ती रुपमा डण्डा वर्साइरहयो ।

यद्यापी नेपालको नेपालको त्यो वितण्डा एमाले हुदाँ अल्पमतमा रहदाँ समेत विधि र विधान को चर्को वकालत गर्ने नेपालको प्रवृत्तिले झन नाङ्गो वनाईदियो ।

देशमा शुसासन र विकास हैन, अस्थिरताका कारक हुन नेपाल । जसले नेपालमा सधै अस्थिरताका लागी भुमिका खेलिरहे । ओली पार्टी अध्यक्ष हुन् र प्रधानमन्त्री पनि । यो यथार्थ स्विकार्ने हिम्मत छैन नेपालमा त्यसैको कारण देशले सधै अस्थिरताका शिकार वन्न वाध्य वनिरहयो ।

हिजो विधि र विधानको चर्को वकालत गर्ने नेपाल आज भने एमालेमा अल्पमतमा परिरहदाँ पनि गुठको राजनिती गरेर देशलाई अस्थिर वनाउन कम्मर कसेर लागेका छन् । पार्टी र संसदीय दलमा अल्पमतमा रहदाँ पनि पार्टीलाई नै चुनौती दिईरहेका छन् । के नेपालले आफैले उठाउदै गरेको विधि र विधान आफैले पालना गर्नु पर्देन ? पार्टीको वहुमतको निर्णय पालना गर्नु पर्देन ?

आफु अनुकुलतामा मात्र विधि र पद्धतीका लागु हुने हो भने नेपालको पछाडी आम कार्यकर्ता र जनता किन लाग्ने ? आफु अध्यक्ष र प्रधानमन्त्री भए अग्रगामी हुने नभए पश्चगामी हुने नेपालको चिन्तन कहिले सम्म ?

पार्टी भित्र आफैमात्र योग्य भन्ने चिन्तन जवसम्म नेपालमा रहिरन्छ, तवसम्म एमाले सधै अस्थिर भईरहनछ, पार्टी अध्यक्ष हुने पार्टीको आफनै विधी र विधान छ, तर झयाल वाट छिरेर अध्यक्ष हुने दाउमा लागेका नेपाल ओलीको चट्टानी अडानका कारण असफल भयो । सधै आफैमात्र सर्वेसर्वा हो भन्ने सोच नै नेपालका लागी उनका निकटतम हरुका लागी घातक सिद्ध हुनेछ ।

पार्टीभित्र सर्वसम्मत हुन नसकेमा लोकतान्त्रिक विधिवाट चुनाव मार्फत अध्यक्ष हुने आधिकारिक वाटो हुदाँ हुदै वहुमतका डण्डाले आफै अध्यक्ष भएर ओलीलाई नै कारवाही गरेको घटनाले माधव नेपाललाई उठ्नै नसक्ने गरि पछारिदियो ।

आम जनता कस्ता छन् र के चाहन्छन् भन्ने भेउ समेत आंकलन गर्न नसक्ने नेपालको यो अवधिको गतिविधीले राजनैतिक जीवनमा नै ठुलो धक्का लगाईदियो ।

लामो समयसम्म राजनितिी गरेको नेपाल यो अवधिमा राजनैतिक संस्कार पनि देखाउन नसक्नु भनेको कमजोर मस्तिष्कको उपज शिवाय अन्य केहि होईन ।

व्यक्तिको उपादेयता सिमित अवधिका लागी मात्र हुन्छ भन्ने एकमात्र सत्यता समेत वुझन नसकेका नेपाल अवको राजनितीमा विलिन हुने पात्र हुन् । सवैको अस्तित्व समान हुन्छ भुमिका मात्र अलग अलग हुन्छ भन्ने कुरा आत्मासात नेपालले गर्न सक्दैन भन्ने कुरा ओलीले अवको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गरौ भन्दा आफै हुनुपर्दछ भन्दै नेपालले पदलोलुपताको चरम महत्वकांक्षा रहेको पुष्टि गरेको छ ।

ओली आफैले नयाँ पुस्ता भन्दा माधव नेपालले सहमती जनाएको भए नेपालको राजनितीमा यो उथुलपुथुल हुने थिएन, जुन नेपालले वुझेर पनि आत्मासात गर्न सक्दैन । व्यक्ति सधै कसैको दास र अनुयायी वन्दैन भन्ने कुरा माधव नेपालले वुझन सकेनन् ।

आफै सर्वेसर्वा हुने चाहना माधवमा जस्तै उसका अनुयायीमा पनि होलान् भन्ने समान्य सर्वमान्य सिद्धान्त आत्मासात गर्नु नसक्दा अव माधवको राजनैतिक जीवन भनेको ईतिहासका लागी मात्र हुनेछ, नकि वर्तमानका लागी ! शक्ति र सत्ताका लागी नेपालले अव गर्ने हत्कण्डा भनेको पानीको फोका जस्तै हो । जुन फुटेपछि विलिन भएर जान्छ ।