
काठमाडौँ, ४ चैत । काठमाडौँको टोखामा एक जना युवकको हत्या भएको छ । टोखा नगरपालिका–१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको हो ।
फागुन २९ मा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा लिम्बुको शव भेटिएको थियो ।
प्रहरीको अनुसन्धानअनुसार मोटरसाईकल वर्कशपमा उनको हत्या गरेर शव फालिएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक भुपेन्द्र कुमार, रौतहट घर भएका महमद कासिम मन्सुरी र अर्का एकजना छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँले घटनाका विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै छ ।
आशिष ड्रग एडिक्ट थिए । सामान्य विवाद हत्यमा गएर अन्त्य भएको प्रहरीको भनाइ छ ।














प्रतिक्रिया