१३ कार्तिक २०८३, शुक्रबार

नेपाल-खनाल पक्षको भेला सुरु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको कार्यकर्ता भेला सुरु भएको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा भएका बेला त्यसको समाधानमा भन्दा एक पक्षले अर्कोलाई निषेध गर्ने तथा आफूखुशी भेला आयोजना भइहरका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने सो पक्षले जनाएको छ ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते गरेको निर्णयको विरोधमा सो पक्षले भेला आयोजना गरेको बताएको छ ।

यद्यपि महासचिव ईश्वर पोखरेलले पार्टीलाई गुटबन्दीले फुटतिर लैजाने यस किसिमका भेलामा उपस्थित नहुन मंगलबार नै नेता कार्यकर्तालाई सचेत गराएका थिए । ओली पक्षका नेताहरुले यस किसिमका भेलाले विवाद बढाउने भन्दै यस्तो नगर्न नेपाल र खनाल पक्षका नेताहरुलाई आग्रह गरेका थिए ।