१३ कार्तिक २०८३, शुक्रबार

एक वर्षअघि कविताको हत्यामा संलग्न पक्राउ, प्रेमकै कारण हत्या गरेको खुलासा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । सल्यानकी १६ वर्षीया कविता बोहोराको हत्याको कारण असफल प्रेम भएको पुष्टि भएको छ ।

त्रिवेणी गाउँपालिका – १ काभ्राकी १६ वर्षीया कविता बोहोराको असफल प्रेमकै कारण हत्या गरिएको प्रहरीले पुष्टि गरेको हो । गत वर्ष फागुन २ गते प्रणय दिवसकै दिनमा उनको निर्मम हत्या भएको थियो ।

उनको हत्या भएको एक वर्ष एक महिनापछि प्रहरीले घटनामा संलग्न १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । जिल्ला अदालत सल्यानको आदेशले पुर्पक्षका लागि किशोरलाई नेपालगञ्ज सुधारगृह पठाइएको छ ।

प्रहरीका अनुसार किशोरले किशोरीलाई प्रेम गरेको तर किशोरीले अर्कैलाई प्रेम गर्ने थाहा पाएपछि हत्या गरेको स्वीकारेका छन् । प्रहरीले निकै गहन अनुसन्धानपछि अभियुक्त पक्राउ गर्न सफल भएको हो ।