१३ कार्तिक २०८३, शुक्रबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटरमा २–२ रुपैयाँको दरले बढाएको उल्लेख गरेको छ ।

यससँगै काठमाडौँमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

त्यस्तै, आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढेर ७४ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

निगमले फागुन १७ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।