१३ कार्तिक २०८३, शुक्रबार

राजनीतिक दलहरुबीच सहकार्यको निरन्तरता आवश्यक छ: राष्ट्रपति भण्डारी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको सहकार्यलाई जोड दिनुपर्ने बताएकी छन् ।

मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका दलहरुबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको बताइन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारील भनेकी छन्, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ ।’

त्यस्तै, नयाँ नक्सा पास गर्न सम्पूर्ण दलहरुले देखाएको एकताको राष्ट्रपति भण्डारीले प्रशंसा गरेकी छन् ।

बैठकमा नेकपा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शशांक कोइरालाको उपस्थिति रहेको छ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका छन् ।

जनता समाजवादी पार्टीबाट अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो रहेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी, राप्रपाबाट डा.प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल रहेका छन् भने मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पनि सहभागीता रहेको छ ।