
काठमाडौँ, ३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ११४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ४ सय ९५ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ९ सय १५ जना रहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख २१ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भइसकेको छ ।














प्रतिक्रिया