२९ आश्विन २०८३, बिहिबार

कांग्रेस निकट जनसम्पर्क समिति अष्ट्रेलियाको सभापतिमा शर्मा चयन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलबर्न । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा विनितराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

१४ मार्च २०२१ का दिन मेलवर्नमा सम्पन्न दोस्रो साधारणसभा तथा अधिवेशनले शर्माको सभापतित्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभापतिमा चयन भएका शर्मा यसअघि जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यबाहक सभापति रहेका थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विनोद लामा, सचिवमा दिनेश बञ्जरा, सह–सचिवमा कमल लामिछाने र कोषाध्यक्षमा शोभित प्रधान चयन भएका छन् । जनसम्पर्क अधिकृतमा प्रकाश थापालाई तोकिएको छ ।

सदस्यहरूमा सविना वाग्ले, पारु कँडेल, किशान कँडेल, सविन धिताल, ज्ञानेन्द्र उप्रेती, प्रकाश चलिसे, नरेश रावल, यज्ञ जोशी, सन्तोष पाण्डे, कोपिला सापकोटा, एकराज बस्नेत, जगनाथ फुयाँल, सुमन्यु थापा, तिलक सापकोटा, अर्जुन खनाल, सन्दीप बोगटी, दीपेन हमाल र नेत्रप्रसाद ज्ञवली चयन भएका छन् ।

अधिवेशनमा दुर्गा आचार्य, सोमप्रसाद गुरुङ र देवेन्द्र बस्नेत रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

अधिवेशनले सात सदस्यीय संरक्षक समिति र आठ सदस्यीय सल्लाहाकार समिति चयन पनिगरिएको छ ।

संरक्षक समितिमा दुर्गा आचार्य, सोमप्रसाद गुरुङ, नारायण काफ्ले, सुरेश पोखरेल, देवेन्द्र बस्नेत आशिष पाण्डे र कमल गैरेलाई चयन गरिएको छ ।

सल्लाहकार समितिमा गणेश पौडेल, रमेश कार्की, लालप्रसाद कँडेल, बुद्धि सापकोटा, राम कँडेल, हरि भुसाल, प्रकाश आचार्य र गोपाल काफ्ले राखिएको छ ।

निवर्तमान सचिव गणेश पौडेलले अधिवेशन सञ्चालन गरेका थिए । अधिवेशनमा प्रदीप पाठक, सोमप्रसाद गुरुङ, दुर्गा आचार्य, नारायण काफ्ले, केशवराज कँडेल, टोन्नु गोथाने, ज्ञानेन्द्र रेग्मी, नन्दु गुरुङ, प्रेम कँडेल, इर्साद अहमद, चिरञ्जीवी देवकोटा, राजेश आचार्य, राम गुरुङ, महादेव धानुक, निराजन गौंलीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।