१३ कार्तिक २०८३, शुक्रबार

सगरमाथा चढ्न आइपुग्यो बहराइनको राजपरिवारको टोली, ८० दिन नेपालमा बस्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको छ ।

टोली सोमबार बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर नेपाल आएका हो ।

गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किएका उक्त टोलीले यसपटक भने विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने जनाइएको छ ।

१३ जना बहराइन नागरिकसहित ३ जना बेलायती नागरिक समेत रहको उक्त टोलीले सगरमाथा आरोहणसहित नेपालको केहि जिल्ला घुम्ने योजना समेत बनाएको छ ।

उनीहरु नेपालमा ८० दिन बस्ने जनाइएको छ ।