२९ आश्विन २०८३, बिहिबार

ईश्वर पोखरेललको भावुक कविताः आफ्नो घर

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


–इश्वर पोख्रेल

अग्रजहरूको..!
रगत पसिनाले सिंचित जगमा ।
मिहिनेतले !
बनाएको आफ्नै घर ।
सभ्यता र संस्कृतिको !
प्रतीक बनेको आफ्नै घर ।
सौभाग्यको पर्याय रहेको हाम्रो घर !
भाग्य र भविष्यको प्रतीक हाम्रो घर !

विडम्वना !
कुनैवेला त्यही घरमा
विरानो जस्तो बन्यौं – हामी,
हराएको जस्तो बन्यौं र बनाइयौं –हामी !

साँच्चै भनौं !
सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्यो
भाग्य र भविष्यलाई कालो बादलले ढाक्छ कि भन्ने लाग्यो !
सौभाग्य लुटिए जस्तो लाग्यो
बाँच्न मुश्किलनै पर्छ कि भन्ने लाग्यो !
आज त्यही घरमा पुगेकाछौं !

मेरो प्रिय घर !
यही घरबाट आफ्नै अर्थी निस्कियोस् – मलाइ मन्जूर छ
तर सौभाग्यलाई चुक्न दिने छैन
स्वाभिमानलाई झुक्न दिनेछैन !
सभ्यता र संस्कृतिको रक्षाका लागि
झण्झावातसित जुध्न मन्जूर छ
तर, म हराउन सक्तिन –मेरो घर !
म छोड्न सक्तिन मेरो घर !!!