१३ कार्तिक २०८३, शुक्रबार

सोमबार ७९ जनामा कोरोना, ७५ जना निको

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ७९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ४ सय १ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ८ सय ९५ जना रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख १८ हजार ७ सय २२ जनाको पीसीआर परीक्षण भइसकेको छ ।