
काठमाडौँ, २ चैत । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम तथा चैत ७ गतेको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने भएको छ ।
मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापानमा जानुका अर्थ नरहेको उपाध्यक्ष भीम रावलले बताएका छन् । सोमबार अध्यक्ष ओली तथा नेता नेपाल पक्षबीचको छलफल सहमतिमा नपुगेकाले चियापानमा नजाने उनीहरुको भनाइ छ ।
त्यस्तै, उपाध्यक्ष रावलले सहमतिबिना चैत ७ गतेको बैठकमा जानुको पनि औचित्य नभएको स्पष्ट पारेका छन् ।
नेपाल पक्षले आजको बैठकबारे जानकारी दिन आफू पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुलाई बानेश्वरस्थित अर्याल होटलमा बोलाएको छ ।
नेपाल पक्षले केहीबेरमा आफू पक्षका नेताहरुलाई होटलमा बोलाएको जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीले नेपाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलालाई रोक्न भनेपनि सो पक्षले भेला यथावत रहेको जनाएको छ ।














प्रतिक्रिया