
काठमाडौँ, २ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
आइतबारदेखि सुरु भएको बैठक सोमबार बसेर केही दिनका लागि स्थगित भएको हो ।
आजको बैठकमा २० जना नेताहरुले आफ्नो धारणा राखेका छन । पार्टीले अन्य पार्टीसँग नयाँ सरकार बनाउने तथा सर्वोच्चले गरेको नेकपा सम्बन्धी फैसला पुनरावलोकनका लागि जानुपर्ने भएको भन्दै बैठक स्थगित गरिएको सो पार्टीले जनाएको छ ।
फेरि कहिले बस्ने भन्नेबारे खुलाइएको छैन ।














प्रतिक्रिया