शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रक्ताल्पता हुँदा खानु पर्ने खानेकुराहरू

दैनिक नेपाल २०७७ चैत २ गते ६:३९

डा. हेमराज कोइराला

रगतको अक्सिजन ओसारपसार गर्नसक्ने क्षमतामा आएको कमीलाई चिकित्सकिय भाषामा रक्तअल्पता वा एनेमीया भनेर भन्ने गरिन्छ । यो रोगबाट संसारभर १ अरब ६२ करोड मान्छेहरू ग्रसित छन् । रक्तअल्पता हुँदा राता रक्तकोषहरूमा पाइने हेमोग्लोबिनको मात्रा घट्दछ ।

रगतमा हेमोग्लोबिनको मात्रा घट्यो भने रगतको अक्सिजन ओसाार–पसार गर्ने क्षमता पनि घट्छ फलतः शरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन सक्दैन । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन नपाउँदा अनेकौ समस्याहरू देखा पर्दछन् ।

रक्तअल्पता धरै कारणले हुने गर्दछ । आईरन र फोलिक एसिडको कमीले हुने रक्तअल्पता प्रचलित रक्तअल्पता हो । यस प्रकारको रक्त अल्पताबाट बच्नका लागि पर्याप्त मात्रामा आईरन र फोलिक एसिड भएको खानेकुराहरू खानुपर्ने हुन्छ ।

हामीले खाने खानामा आइरन र फोलिक अम्लको मूख्य स्रोत भनेको हरियो सागपात हो । विशेष गरि पालुङ्गोको साग, मेथीको साग, रायोको साग तोरीको साग हरियो सिमी, ब्रोकाउली, सलगम, सूठूनी, काजू, बदाम, किशमीश, चूकन्दर काबुली चना, माश, भट्टमाश, राजमाश (राजमा), छोकडा, खजुर, अंजीर, तरभूज, खरभूजा, स्याउ, अङ्गुर, अम्बा, अनार, सुख्खा फलफूल, दाल गेडागुडी, बोडी, सूजी, तील, मटर सग्लो अनाज, आँप, अंजीर ओखर, खुर्पानी अथवा एप्रीकोट, सग्लो अनाजका परिकारहरू आदि पनि आईरनको र फोलिक अम्लको राम्रो स्रोत हो ।

प्रतिक्रिया
सम्बन्धित