शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अमेरिकाका खतरनाक ड्रग तस्करबारे नयाँ खुलासाहरू

दैनिक नेपाल २०७७ चैत २ गते ६:२९

न्युयोर्क । अमेरिकाका सबैभन्दा खतरनाक ड्रग तस्कर फ्रयाङ्कलुकासबारे केही नयाँ खुलासाहरू भएका छन ।

फ्रयाङ्क लुकास ड्रग डिलर हुन् । जो आफ्नो काम पूरा गर्नका लागि कुनै पनि हदसम्म जान सक्थे ।

चाहे आफ्नो कामका लागि उनले कसैको ज्यान नै लिन किन नपरोस् । लुकासले गरेका तस्करीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो संगठित अपराध मानिन्छ ।

९ सेप्टेम्बर १९३० मा अमेरिकाको नर्थ क्यारोलिनमा फ्रयाङ्कको जन्म भएको थियो । उनको बाल्यकाल निकै कठिन थियो । ऊ बस्ने ठाउँमा गरिबी र अपराध ठूलो थियो । दैनिक रुपमा कहीं न कहीं चोरी र हत्या हुने गरेको थियो । यस्तोमा फ्रयाङ्क पनि यस्तो माहौलमा फसे ।

६ वर्षको छँदा आफ्नै अगाडि दाजुलाई केही व्यक्तिहरुले मारेको विभत्स घटना फ्रयाङ्कले प्रत्यक्ष देखे । भनिन्छ, यस घटनापछि फ्रयाङकको जिन्दगी पुरै बदलिएको थियो । घरमा कमाउने व्यक्ति कोही नभएकाले उनको जिन्दगी बिस्तारै मुस्किल बनिरहेको थियो, त्यसपछि घरको हालत सुधार्नका लागि फ्रयाङ्क आफैं अघि सर्नुप७थभलसयो ।

सानै हुँदा उनले भोक मेटाउनका लागि पहिलो पटक खाना चोरे । फ्रयाङ्कको आपराधिक दुनियाँ सयर यहीबाट सुरु भएको थियो । समयसँगै यो बढ्दै गयो । फ्रयाङ्कले लगातार चोरी गर्न थाले । कहिले पसलहरुबाट सामान, त कहिले रक्सी खाएकाहरुको गोजीबाट उसले पैसा चोर्न थाले ।

यसरी चोर्दा उनको जिन्दगी पुरै तरिकाले नबदलिए पनि उनको परिवार भोकै बस्नु परेन । फ्रयाङ्कलाई यसरी नै आफ्नो काम चलाउँछु भन्ने लागेको थियो, तर सधैं यसरी चल्नेवाला थिएन । केही समयमै फ्रयाङ्कको जिन्दगीमा एक नयाँ मोड आयो ।

फ्रयाङ्क एक ठाउँमा जागिर गर्थे । एक दिन मालिक त्यस पसलमा नभएको मौका पारेर उनले ४ सय डलर गरे । यसपछि मालिकले पुलिसलाई उजूरी गरे, अनि पुलिस फ्रयाङ्कको घर पुगे । पुलिसबाट बच्नका लागि फ्रयाङ्क तुरुन्तै भागे र फेरि फर्किएर कहिल्यै घर आएन ।

प्रतिक्रिया
सम्बन्धित