
काठमाडौँ, १ चैन । नेकपा माओवादी (केन्द्र) का १३ जना सांसदहरु एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
संघीय र प्रदेशसभा सांसद गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसदहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीतिलाई छाडेर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका हुन् ।
फागुन २३ गते सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपछि उनीहरु एमालेमै रहने भएका हुन् ।
उता माओवादीले भने सरकारमा रहेका र एमाले केन्द्रीय सदस्यमा मनोनित भएकाहरुलाई फिर्ता हुन निर्देशन दिए पनि उनीहरुले एमाले तथा प्रधानमन्त्री ओलीको साथ नछोड्ने बताएका छन् ।
उनीहरुलाई माओवादीले कारवाही गर्ने बुझिएको छ ।
प्रतिनिधिसभाका ४ जना माओवादीका सांसद एमालेमा गएसँगै माओवादीमा ४९ जना मात्रै सांसद रहेका छन् ।
त्यस्तै राष्ट्रियसभाका दुईजना सांसद एमालेमा लागेका छन् भने प्रदेशसभाका ७ जना सांसद एमालेमा समाहित भएका छन् ।
को को भए त एमाले ?
प्रतिनिधिसभा
१. टोपवहादुर रायमाझी, अर्घाखाँची
२. लेखराज भट्ट,कैलाली-४
३. गौरीशंकर चौधरी, कैलाली-३
४. प्रभु साह, रौतहट ३
राष्ट्रियसभा
१. रामबहादुर थापा ‘बादल’
२. चन्द्रबहादुर खड्का
प्रदेशसभा
१. टंक आङवोहाङ, ताप्लेजुङ
२. ज्वालाकुमारी साह, बारा
३. दधिराम न्यौपाने, रुपन्देही
४. दिनेश पन्थी, गुल्मी
५. ठम्मर विष्ट, सुर्खेत
६. धर्मराज रेग्मी, दैलेख
७. झपट बोहरा, अछाम














प्रतिक्रिया