
काठमाडौँ, १ चैत । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ३ गतेका लागि आयोजना गरेको चियापान कार्यक्रमलाई नेता झलनाथ खनाल तथा माधव नेपाल समूले बहिष्कार गर्ने भएको छ ।
एसएमएसमार्फत सबै केन्द्रीय सदस्यहरुलाई चियापानका लागि बोलाइएको भए पनि सो पक्षले नजाने निर्णय गरेको एक नेताले जनाएका छन् ।
सो पक्षले चियापानमा जानुको कुनै अर्थ नभएको जनाएको छ ।
प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले चैत ३ गते बिहान ११ बजे बालुवाटारमा आयोजना गरिएको चियापानका लागि सन्देश पठाएका थिए ।














प्रतिक्रिया