१३ कार्तिक २०८३, शुक्रबार

सरकारले कलेजो प्रत्यारोपणमा आवश्यक सम्पूर्ण सहयोग गर्छ: प्रधानमन्त्री ओली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलोपटक बाल कलेजो प्रत्यारोपण गर्ने शिक्षण अस्पतालका डाक्टरहरुलाई बधाई दिएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपालमा पहिलोपटक बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्नुहुने शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. रमेशसिंह भण्डारीले नेतृत्व गर्नुभएको टिमलाई बधाई तथा धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै, उनले कलेजो प्रत्यारोपण सेवा विस्तारमा सहयोग पुर्याउने नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका डाक्टरको टिमलाई आभार व्यक्त गरेका छन् ।

उनले भने, ‘कलेजो प्रत्यारोपण सेवा विस्तारमा सहयोग पुर्याइरहनु भएका नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका डा. विवेक भिज र उहाँको सम्पूर्ण टिमलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु ।’

त्यसैगरी, प्रधानमन्त्री ओलीले कलेजो प्रत्यारोपणलाई आवश्यक पर्ने सबै सहयोग सरकारबाट उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

उनले अगाडी लेखेका छन्, ‘साथै कलेजो प्रत्यारोपण सेवालाई नेपालमा स्थापित गरी अन्य सेवाहरुजस्तै सर्वसुलभ बनाउन सरकारबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु ।’