१३ कार्तिक २०८३, शुक्रबार

लहानमा बम विस्फोटको जिम्मा कसले लियो ? अझै दियो यस्तो चेतावनी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १ चैत । तराईको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले अझै उच्चस्तरको कारवाही गर्ने चेतावनी दिएको छ ।

आइतबार दिउँसो लहानको मालपोत कार्यालयमा बम विस्फोटपछि मोर्चाले यस्तो चेतावनी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन स्वतन्त्र गठबन्धनको नेतृत्व गरेका सिके राउत, नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका

विप्लवसँग वार्ता गरेर उनीहरुलाई मूलधार ल्याएपछि देशमा अब कुनै अतिवाद तथा सशस्त्र द्वन्द्व नरहेको घोषणा गरेका थिए ।

१५ वर्षदेखि तराई मधेशमा आन्दोलन गरिरहेका जयकृष्ण गोइत नेतृत्वको मोर्चाले आफ्नो प्रभाव देखाउनकै लागि लहानमा आइतबार विस्फोट गराएको प्रस्ट पारेको छ ।

माओवादी शान्ति प्रकृयामा आएपछि जयकृष्ण गोइतले सशस्त्र संघर्ष सुरु गरेका थिए । उनकै अन्य सबै सहपाठीहरु भने शान्ति प्रक्रियामा आइसकेका छन् ।

बम विस्फोटपछि विज्ञप्ति जारी गर्दै भष्ट्रचार र भष्ट्रचारीलाई अपराध मानेको बताएको छ । सो समूहले भ्रष्टाचारविरुद्ध लड्दै आएको बताएको छ । त्यही अभियान अन्तर्गत आइतबार मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको सो मोर्चाले जनाएको छ ।

भ्रष्टाचार (अपराध) जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारवाही हुने उनले चेतावनी दिएका छन् । ‘सुगौली सन्धिद्वारा तराई नेपाली शासनबाट मुक्त भएको इतिहासको एउटा महत्वपूर्ण अध्याय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो आपत्तिलाई बेवास्ता गर्दै नेपालद्वारा सुगौली सन्धिको आधारमा सीमा निर्धारित गरी हालै प्रकाशित गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सामा हाम्रो स्वतन्त्र तराई राष्ट्र, मेचीदेखि महाकालीसम्म र महाभारत पर्वत श्रृंखलादेखि भारतको सीमानासम्मको भू–भागलाई समावेश गरिएको छ ।’