
काठमाडौँ, १ चैत । जनता समाजवादी पार्टी नेपाललाई सरकार समीकरणमा जान नदिन पार्टीकै केही सांसदरुहले मोर्चा बनाएका छन् ।
सांसदरुहले यो अवस्थामा सरकारमा सामेल हुन नहुने भन्दै पार्टीलाई सरकारमा जान नदिन मोर्चा बनाएका हुन् । उनीहरुले बैठक बसेरै पार्टी सरकारमा जान नहुने निष्कर्ष निकालेका हुन् ।
जसपा नेपाल सरकारमा जानेबारेको समाचार प्रकाशित भएको प्रति ध्यानाकर्षण गराउँदै अहिलेको अवस्थामा सरकारमा जान नहुने भन्दै १० जना सांसदहरुले आवाज उठाएका छन् ।
जसपाका एक सांसदका अनुसार पार्टी सरकारमा जान नहुने भन्ने पक्षमा १५ जना सांसद रहेका छन् ।
गठबन्धन सरकार बनाउने र गिराउनेमा निकै राम्रै गणितीय खेल खेल्न सक्ने जसपाले कहिले एमाले त कहिले माओवादी काँग्रेससँग सरकारमा जानेबारे छलफल गरिरहेको छ ।














प्रतिक्रिया