६ मंसिर २०८३, आइतबार

पाल्पामा भरुवा बन्दुकसहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

तानसेन, २९ फागुन । पाल्पा जिल्लामा प्रहरीले प्रेमबहादुर कनौजेलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

बगनासकाली गाउँपालिका– ४ महछाप बस्ने वर्ष २१ का कनौजेलाई फागुन २७ गते आफ्नै घरमा भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा घर खानतलासी गर्दा १ नाले भरुवा बन्दुक थान– १ र निर्माण गर्दै गरेको १ नाले भरुवा बन्दुक थान– १ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भरुवा बन्दुकसहित पक्राउ परेका कनौजेलाई थप अनुसन्धान गरेको जनाएको छ ।