६ मंसिर २०८३, आइतबार

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सत्ता समीकरण र एमालेतर्फ लागेका नेतामाथि कारबाही प्रक्रियालगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो घटनाक्रममाथि छलफलका लागि भन्दै शनिबार बिहान ९ बजे बैठक आह्वान गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

शुक्रबार कांग्रेस र जसपाबीच नयाँ समीकरणबारे सकारात्मक छलफल भएलगत्तै दाहालले बैठक आह्वान गरेका हुन् । दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन कांग्रेस, जसपा र माओवादी केन्द्रबीच समीकरणको पक्षमा छन् ।

एमाले भावी सत्ता समीकरणमा संसद्‌मा चौथो शक्ति रहेको जसपा निर्णायक भूमिकामा देखिएको छ । एमालेको ओली समूहको केन्द्रीय कमिटी बैठकले पूर्वमाओवादीतर्फका २३ नेतालाई केन्द्रीय सदस्य बनाएको छ ।

माओवादी केन्द्रले शनिबारको बैठकमा उनीहरूलाई पार्टीमै फर्कन आह्वान गर्ने र नआए कारबाही प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

यस अघि मंगलबार र बुधबारको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठनात्मक योजना बनाउन चार सदस्यीय कार्यदलसमेत बनाएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि दुवै पार्टी आ–आफ्नो संगठनात्मक काममा लागेका छन् । दुवै पार्टीमा विवाद पनि छ ।