भक्तपुर, २८ फागुन । भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमी– ३ कौशलटारस्थित अरनिको राजमार्गमा बिहीबार जाँचको क्रममा दोलखा घर भइ हाल सूर्यविनायक नगरपालिका– ३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिकाअनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपियाँ र उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपियाँ बरामद भएको छ ।
प्रहरीले त्यो रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।











प्रतिक्रिया