वासिंगटन डिसी । अमेरिकी सरकारको शान्ति स्वयम्सेवी संस्था ‘पिस कर्प्स’ ले नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको प्रेरणादायी जीवन कथा अन्तर्राष्ट्रिय नारी दिवसको दिन सामाजिक संजाल ट्विटरद्वारा प्रसारण गरी नारी दिवसको शुभकामना व्यक्त गरेको छ।
पिस कर्प्सको ट्वीटर खाताबाट गत मार्च ८ तारिखमा प्रकासित ट्वीटमा डा. परियारको जीवन कहानी प्रकासित गरिएको पिस कर्प्सको वेबसाइट ‘डा विष्णु माया परियार, जसले नेपालमा लिङ्ग र जातिय भेदभावको विशाल अवरोध पार गरिन् । एक गहिरो उनको व्यक्तिगत कथा हिस्सा गर्दछ । जब तपाईं आफैमा विश्वास गर्नुहुन्छ भने केहि पनि असम्भव हुदैन भन्ने यसले देखाउँदछ’ भनेको छ ।
पिस कर्प्सले तीन दशक अघि पिस कर्प्स स्वयमसेवी शिक्षक बनेर नेपाल पुगेका जोन ब्रुगमानले अमेरिका फर्केपछि आफूले पढाएको विद्यार्थी विष्णुमाया परियारलाई उच्च क्षिक्षाको लागि शैक्षिक छात्रवृति प्रदान गरेर जीवनमा ठूलो परिवर्तन ल्याएको डा. परियारको प्रेरणादायी जीवन कहानीलाई सन् २०१९ को अक्टुवरमा आफ्नो आधिकारिक संजालस्थलमा प्रकाशन गरेको थियो ।
डा. परियारले २९ वर्षपछि उनै शिक्षक ब्रुगमानलाई सोही सालको डिसेम्वर १९ तारिख आफ्नो जन्मदिनको दिन ब्रूगमानकै घर अमेरिकाको सियाटल नजिकैको गाउँमा गएर भेटेकी थिइन् ।
पिस कर्प्सले डा. परियारको उक्त प्रकासित जीवन कहानीमा पिस कर्प्स स्वयमसेवी शिक्षक जोन ब्रुगमानसंगको भेटपछिको तस्विर पुन अध्यावधिक गरी नारी दिवसको अवसरमा पुन:प्रकाशन गरेको छ ।















प्रतिक्रिया