६ मंसिर २०८३, आइतबार

आज संसदको बैठक बस्दै, अवरोध हुन सक्ने सम्भावना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । कांग्रेसले अध्यादेशको विरोध गरेर संसद अवरोध गर्ने सम्भावना रहेको छ ।

बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । कांग्रेससहितका दलले विरोधको सूचना समेत दर्ता गराएका छन ।

यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो ।

बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेको थियो ।

बुधबार पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ। कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइरहेको छ ।