न्युयोर्क । अमेरिकाको न्यूयोर्कका नेपाली व्यवसायी समीर महर्जनले परिवारसंग मिलेर ८५ वर्षीय आमा अष्टमाया महर्जनको नाममा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर च्यारिटेबल संस्था ‘अष्ट माया फाउण्डेसन’को स्थापना गरेका छन् ।
१० हजार डलर सिड फण्डिंगबाट शुरू गरिएको फाउण्डेसनको उदघाटन सामाजिक अभियन्ता डा.विष्णुमाया परियार र युनाईटेड शेर्पा एशोसियसनकी नवनिर्वाचित प्रथम महिला प्रेसिडेंट छिरिंग शेर्पाले संयुक्तरूपमा गरेका छन ।
न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित समीर महर्जन र उनकी श्रीमती सूर्य श्रेष्ठ महर्जनद्वारा संचालित कुईन्स डाईमण्ड एण्ड ज्वेलरीको लक्जरी सेक्सनको शुरूवातीसंगै स्थापना गरिएको फ़ाउण्डेशनले नेपालमा आर्थिक सक्षमता, समानता र शिक्षामा अनुदान गर्ने जनाएको छ ।
कुईन्स डाईमण्ड एण्ड ज्वेलरी कम्पनीले समाजमा पुराएको योगदानको कदर गर्दै डा.विष्णुमाया परियार र युनाईटेड शेर्पा एशोसियसनकी नवनिर्वाचित प्रथम महिला प्रेसिडेंट छिरिंग शेर्पालाई सम्मान समेत गरेको छ ।















प्रतिक्रिया