६ मंसिर २०८३, आइतबार

ताप्लेजुङमा एमालेको दुइटा कार्यालय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २६ फागुन । ताप्लेजुङमा नेकपा (एमाले)का २ वटा पार्टी कार्यालय रहने देखिएको छ ।

एमालेले यसअघि आफ्नो मातहतमा कायम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालय रहेकै ठाउँमा एमालेको बोर्ड राखेको छ ।

पार्टी विलीन हुनुअघि दाहाह–नेपालले नेतृत्व गरेको नेकपाको पार्टी कार्यालय रहेको स्थानमै अर्को समूहले नेकपा एमालेको कार्यालय र बोर्ड राख्ने तयारी गरेको छ ।

२ वटा पार्टी एक हुनुअघि पनि त्यहाँ नेकपा एमालेको पार्टी कार्यालय थियो । माओवादी केन्द्र र एमालेको एकीकरणपछि माओवादी केन्द्रले आफूसँग रहेका फर्निचरसहितका सामग्री नेकपाको पार्टी कार्यालयमा लगेको थियो ।

प्रदेश सांसदसमेत रहेका नेकपा एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित बलबहादुर साम्सोहाङले पुरानो नेकपा पार्टी कार्यालय रहैकै ठाउँमा एमाले जिल्ला पार्टी कार्यालय रहने बताए ।